प्रियंका नै हुन् ‘माया’ ?

26 Shares

फिल्म । गत विहिबार देखि प्रदर्शनरत फिल्म ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक भएसँगै माया को हुन् त भन्ने जिज्ञाषा दर्शकमा रहेको थियो । ट्रेलर हेरेर दर्शकले माया स्वस्तिमा खड्का या सन्चिता लुइँटेललाई अनुमान गरिरहेका थिए । फिल्म हेर्नेले त ‘माया’ को हुन् भनेर थाहा पाइसकेका छन् तर नहेर्ने दर्शकमा झनै कौतुहलता थपिएको छ ।

फिल्म ‘हजार जुनीसम्म’ को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘सत्य सत्य’ बोलको गीतमा आर्यन सिग्देल र प्रियंका कार्की फिचर्ड छन् । यसअघि प्रचारप्रसारमा नदेखिएकी प्रियंका गीतमा आर्यनको जोडी बनेकी छिन् । उनलाई गीतमा बोल्ड अवतारमा प्रस्तुत गरिएको छ । प्रियंका पब्लिसिटीमा देखिएसँगै कतै माया उनै त होइनन् भन्ने कौतुहलता पनि बढेको छ ।

फिल्ममा ‘माया’ को क्यारेक्टर सेन्ट्रल छ । कथा उनकै वरपर घुमेको छ । उनलाई नै कुरेर आर्यनले जीवन बिताइरहेका हुन्छन् । पछी उनका छोराहरु सलोन बस्नेत र अखिलेश प्रधानले ‘माया’ खोज्न सघाउछन् । फिल्ममा मायाको खोजिमा पोखरा देखि सिक्किमसम्म पुगेको देखाइएको छ । नाई नभन्नु ल सिरिजका निर्देशक बिकासराज आचार्यको निर्देशनमा तयार फिल्मलाई प्रेम कथामा आधारित फ्यामिली ड्रामा भनिएको छ । निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेनासंगको सहकार्यमा तयार पारेका हुन् ।

फिल्ममा आर्यनसंगै स्वस्तिमा खड्का , संचिता लुइँटेल , शिवहरि पौडेल , सलोन बस्नेत , अनुभव रेग्मीसंगै अखिलेश प्रधानको अभिनय रहेको छ । फिल्ममा कविराज गहतराजको नृत्य , उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । यसमा विशाल चाम्लिङ निर्माता छन् भने कार्यकारी निर्मात्री कविता रेग्मी हुन् ।

Facebook Comments