जेय र आइजेनको ‘मैच्यांग’ प्रियंका (भिडियो)

संगीत । गायक जेय अथर र आइजेनको नयाँ गीत सार्वजनिक गरिएको छ । हालै काठमाण्डौको नाईट क्लब फरेनहाईटमा एक इभ्नेटका बीच उक्त गीत सार्वजनिक गरिएको थियो । ‘मैच्यांग’ शिर्षकको गीतमा जेय र आइजेनको साथमा नायिका प्रियंका कार्की फिचर्ड छिन् । गीतको भिडियोलाई सुयोग गुरुंगले निर्देशन, सम्पादन तथा कलर ग्रेडिंग गरेका छन् । सुयोगले यसअघि चलचित्र ‘सानो मन’ निर्देशन गरेका थिए भने उनले केहि टिभि कमर्सियल पनि बनाएका छन् ।

केहि पुराना गीतहरुलाई समेत फ्यूजन गरिएको यो गीत सार्वजनिक भएसँगै चर्चा पाईरहेको छ । गीतलाई जेय र आइजनले संयुक्त लेखेका हुन् । यसअघि उनिहरुको गीत ‘टाइम छैन’ चर्चित बनेको थियो, जसलाई हाल सम्म यूट्यूबमा मात्र करिव ९३ लाखले हेरेका छन् ।

कमेन्ट गर्नुहोस्