राजेश भन्छन् ,’अवार्ड लिएर के गर्ने ?’

7 Shares

संगीत । गायक राजेश पायल रायले आफुले प्रतिष्पर्धाबाट अवार्ड नलिने घोषणा गरेका छन् । केहि समय अगाडी घरमा आगलागी भएको कारण सबै अवार्ड गुमाएका राईले गत साता जापानमा ‘दोस्रो सुर्य इन्टरनेशनल अवार्ड २०१९’ मा उत्कृष्ट आधुनिक गायनको अवार्ड जितेसंगै अब अवार्ड नलिने घोषणा गरेका हुन् । ‘आफ्नो अन्तिम अवार्ड सुर्यकै रहेको बताउदै उनले अवार्ड नलिने घोषणा गरेको हुँ’ राईले भने । सुर्यको अवार्डनै आफुसंग रहेको एक मात्र अवार्ड भएको बताउने गायक राईले बढ्दो अवार्डको संख्या र घट्दो लोकप्रियता र विश्निस्यताको कारण अवार्ड नलिने घोषणा गरेका हुन् । उनले सम्मान बाहेक अन्य केहि नलिने घोषणा सामाजिक सञ्जाल मार्फत गरे । ‘अवार्डलाई पहिला महत्वपूर्ण बनाउनु जरुरी छ , तर यहाँ त यसलाई सस्तो बनाइएको छ’ उनले भने ।

आफुलाई दर्शक र श्रोताले दिने अवार्ड नै पर्याप्त भएको भन्दै उनले यस्तो घोषणा गरेका हुन् । ‘मैले गीत बनाउने दर्शक तथा श्रोताको लागि हो , त्यसैले उहाकै अवार्डले म अगाडी बढ्ने छु’ राईले भने । अवार्ड कार्यक्रममा नजिकवाद हावी हुँदा यसले लोकप्रिय गुमाईरहेको समेत उनको बुझाइ छ । ‘हामीले पाएको अवार्डले के हामीलाई हौसला थपेको छ त ? हामीले पाउने अवार्ड के को लागि ? त्यसैले राष्ट्रले गर्ने सम्मान र पुरस्कार बाहेक अवार्डमा नोमिनेशनमा परेर म ग्रहण गर्दिन’ उनले भने । जापानमा कुराकानी गर्ने क्रममा आफुले दायाबाया नसोची दर्शक र श्रोताको मन जित्न लाग्ने बताए । ‘कामलाई म पुजा गर्छु त्यसैले त्यसमा अझै मेहेनती भएर लाग्छु’ उनले भने ।

उनले लेखेको स्टाटस यस्तो छ …

कमेन्ट गर्नुहोस्