मार्भलले घोषणा गर्यो रिलिज डेट

0 Shares

फिल्म । सन् २०१९ को डिसेम्बर ३१ मा पहिलोपटक चीनमा देखिएको कोरोना भाइरस (कोभिड १९) ले हालसम्म पनि विश्वका विभिन्न क्षेत्रमा असर गरिरहेको छ । भ्याक्सिन बनिसकेता पनि कोरोना भाइरसको नयाँ भेरियन्टहरुले अवस्थालाई समान्य हुन् दिएको छैन । पछिल्लो समय भारतमा दोस्रो लहर बढेर वासिन्दालाई निकै गाह्रो बनाएको छ । खासगरी दिल्ली र मुम्बईमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ । यद्दपी विश्वका केहि देश विस्तारै सामान्य अवस्था तर्फ पनि अगाडी बढिरहेका छन् ।

कोरोना भाइरसकै कारण अस्तव्यस्त बनेको फिल्म उद्योग पनि विस्तारै उठ्दैछ । दर्शकले पछिल्लो समय ओटीटीका माध्यमले फिल्म हेरिरहेका छन् । बलिउड तथा हलिउडका ठुला भनिएका फिल्महरु रिलिज हुन् सकेका छैनन् । भारत फिल्मको ठुलो बजार भएकोले पनि त्यहाँ अवस्था सामान्य नहुदा हलिउडकै ठुला फिल्म रिलिज नहुन सकेका हुन् ।

यद्दपी ओटीटीसंगै हलमा केहि फिल्म भने रिलिज भए । मुलान , वन्डर वुमन १९८४ जस्ता हलिउडका ठुला फिल्म थियटरसंगै डिजिटल प्लेटफर्ममा रिलिज भए भने यहिँ शैलीमा बलिउडको फिल्म ‘राधे’ पनि रिलिज हुदैछ । साथै , पछिल्लो समय मार्भल स्टुडियोले पनि आफ्ना फिल्महरुको रिलिज घोषणा गरेको छ । कोरोना भाइरसकै कारण जेम्स बोन्ड , मिसन इम्पोसिबल जस्ता ठुला सिरिजले रिलिज देत घोषणा गर्न नसक्दा मार्भलले भने भिडियो मार्फत डेट घोषणा गरेको हो ।

त्यसो त मार्भलले आफ्नो सिनेम्याटिक युनिभर्सका केहि पात्रलाई सिरिजको मार्फत पनि दर्शकसम्म ल्याईरहेको छ । वान्डा भिजन , द फाल्कन एण्ड द विन्टर सोल्जर , लोकी जस्ता पात्रको कथालाई सानो पर्दामा देखाईरहेको मार्भलले ठुलो पर्दासंगै डिजिटल प्लेटफर्ममा नताशाको कथालाई देखाउने भएको छ । नताशा अर्थात् ब्ल्याक विड़ो ।

एभेन्जर्स सिरिजमा देखिदै आएकी नताशाको क्यारेक्टरलाई लिएर तयार फिल्म जोन्सन स्कार्लेट शिर्ष भूमिकामा छिन् । फिल्ममा उनको कथालाई मात्र समेटिएको छ । मार्भल युनिभर्सको एभेन्जर्ससंगै क्याप्टेन अमेरिका सिरिजमा पनि उनलाई देखिएको थियो । फिल्मको रिलिज आउँदो जुलाई ९ मा हुनेछ । यसलाई अवस्था सामान्य भएको स्थानमा हलमा र ओटीटी प्लेटफर्म अन्तर्गत विश्वभर हेर्न पाइनेछ ।

यस्तै , शाङ्ग ची एण्ड दी लिजेण्ड अफ द टेन रिङ्ग्सलाई यसै वर्षको सेप्टेम्बर ३ मा रिलिज गर्ने मार्भलले जनाएको छ । यो मार्भलको नयाँ सुपरहिरो हो । साथै , द एटर्नल्सलाई दर्शकले यसैवर्षको ५ नोभेम्बरमा हेर्न पाउनेछन् । यसको केहि झलक र घोषणा पनि भिडियो मार्फत नै गरिएको छ । मार्भलले आफ्नो केहि महत्वपूर्ण फिल्महरुको रिलिज घोषणा गरेको हो ।

जहाँ , स्पाइडर म्यान सिरिज ‘स्पाइडर म्यान : नो वे होम’ यसैवर्षको डिसेम्बर १७ मा , डाक्टर स्ट्रेन्जको सिक्वेलको रुपमा प्रतिक्षित फिल्म ‘डाक्टर स्ट्रेन्ज: इन द मल्टिभर्स अफ म्याड्नेस’ सन् २०२२ को मार्च २५ मा , टली पोर्टम्यान पहिलो महिला ‘थोर’ सुपरहिरो बन्दैछिन् । आगामी सिरिज ‘थोरःलभ एण्ड थन्डर’ बन्न लागेकी हुन् । यसलाई टाइका वाइटिटीले निर्देशन गर्दैछन् । यस फ्रान्चाइजमा यो चौथो फिल्म हो । यसको पहिलो फ्रान्चाइज सन् २०११ मा आएको थियो । त्यसपछि यसका दुई संस्करणहरू क्रमशः सन् २०१३ र १७ मा रिलिज भएका थिए । यसको नया सिरिज सन् २०२२ को मे ६ मा रिलिज हुदैछ ।

यस्तै , मार्भलको सिनेम्याटिक युनिभर्सबाट अस्ताएका सुपरहिरो चाडविक बोसम्यानको सिरिज ‘ब्ल्याक प्यान्थर’ लाई पनि दर्शकले हेर्न पाउने भएका छन् । गत वर्ष ४३ वर्षे बोसम्यानको मृत्यु उनकै घर लस एन्जल्समा भएको थियो । ब्ल्याक प्यान्थरको सिरिज ‘वकाण्डा फरेभर’ लाई दर्शकले सन् २०२२ को जुलाई ८ मा हेर्न पाउनेछन् । यस्तै , दि मार्भलज् सन् २०२२ को नोभेम्बर ११ , एन्टम्यान एण्ड दी वास्पको नयाँ सिरिज क्वान्टीमेनियालाइ सन् २०२३ को फेब्रुअरी १७ , गार्डीयन अफ दी ग्यालेक्सीको भोल्युम ३ लाइ सन् २०२३ को मे ५ मा हेर्न पाउने घोषणा मार्भलले भिडियो मार्फत गरेको हो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्