सुशान्तले दिए बालेनलाई निम्तो

सङ्गीत । गायक सुशान्त केसी आगामी शनिबार भक्तपुरको सल्लाघारीमा हुने ‘सुशान्त केसी लाइभ इन नेपाल’ नाम राखिएको यो कन्सर्टमा सहभागी हुन् काठमाडौं महानगरका मेयर समेत रहेका गायक बालेन शाहलाई निम्तो दिएका छन् । आउँदो शनिवार भक्तपुरको सल्लाहघारीमा गुञ्जिने तयारीमा रहेका गायक केसीले सोमबार मेयर शाहलाई भेटेर कन्सर्टमा उपस्थित हुन निम्तो दिएका हुन् । आफूले बालेनलाई निम्तो दिएको र उनी कन्सर्टमा सहभागि हुने आशा आफूले राखेको सुशान्तले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

‘मेयर बालेन शाहसँग राम्रो कुराकानी । र्‍यापदेखि जिम्मेवारीसम्म । वास्तवमै लिजेन्ड । काठमाडौं कसरी अझ जीवन्त र सुन्दर शहरमा विकसित हुँदैछ भनेर प्रशंसा गर्न पाउँदा सम्मानित महसुस भयो । आशा छ त्यहाँ भेट्नेछु’, गायक केसीले उल्लेख गरेका छन् । ‘सुशान्त केसी लाइभ इन नेपाल’ नाम राखिएको यो कन्सर्ट साढे २ वर्षपछि केसीको पहिलो उपत्यका कार्यक्रम हुनेछ ।

१५ हजारभन्दा धेरै दर्शक सहभागि हुने बताइएको यो कन्सर्टमा अन्य चर्चित व्यक्तिहरूलाई पनि उपस्थित गराउने कसरत केसीले गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्