‘नेपाली फिल्म प्राथमिकतामा रहनेमा दुई मत छैन’

फिल्म । नेपाल चलचित्र निर्माता संघको १६ औँ वार्षिक साधारणसभामा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्मको उद्योगलाई अगाडी बढाउन देखिएको कठिनाइलाई पहिचान गरेर सरकारलाई बुझाउने बताएका छन् । ‘नेपाली फिल्मलाई नेपालमा प्राथमिकतामा राख्नेमा दुई मत छैन । यहाँको समस्याको संस्थागत छलफल गरेर नै हामी सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयलाई बुझाउने छौँ’ भुवनले भने । उनले आइतबार मात्र चलचित्र नीतिको विषयमा छलफल समेत गर्दैछन् ।

सञ्चार मन्त्रालयलाई कठिनाईको पहिचान गर्दै २०७१ सालमै चलचित्र नीति बुझाइएको छ । त्यो कार्यन्वयनमा आए अहिले देखिएका समस्या समाधान हुने फिल्मकर्मीको विश्वास छ । भुवनले नेपाली कलाकार र प्रविधिकहरूमा दक्षताको कुनै कमी नरहेको दाबी गर्दै नेपाली फिल्म क्षेत्र पनि संसारका फिल्म उद्योगसँग प्रतिष्पर्धा गर्न योग्य बनाउन पहल गर्ने जिकिर गरे । साथै उनले चलचित्र विकास बोर्डले नेपालमै निर्मित नेपाली भाषाका फिल्मलाई पहिलो प्राथमिकतामा राख्ने स्पष्ट पारे ।

कमेन्ट गर्नुहोस्