गायक बन्दै कार्तिक

फिल्म । बलिउडमा पछिल्लो समय एकपछि अर्को हिट फिल्म दिनेमा पर्छन , कार्तिक आर्यन । पछिल्लो फिल्म ‘पति पत्नी और वोह’ लाई समेत बलिउड बक्सअफिसमा सफल बनाएका कार्तिक अब गायक बन्ने भएका छन् । तर , उनि स्वयममा गायक नभई बायोपिक फिल्ममा गायक बन्न लागेका हुन् । पञ्जाबका फेमस गायक अमर सिंह चोकिलाको बायोपिकमा बन्ने फिल्ममा उनि लिड रोलमा हुनेछन् ।

फिल्मलाई रिलाइन्स इन्टरटेनमेन्टले निर्देशक इम्तियाज अलिसँग मिलेर निर्माण गर्दैछ । तर , यसलाई इम्तियाजका भाइ साजिद अलिले निर्देशन गर्नेछन् । कार्तिकलाई फिल्मको कन्सेप्ट समेत मन परिसकेको छ भने डेट मिलेपछि फिल्म सुरु हुनेछ । ताकुए ते ताकुआ र पहले ललकारे नाल लगायतका हिट गीत दिएका गायक चोकिलाको मृत्यु ८ मार्च सन् १९८८ मा भएको थियो । उनलाई गोलि हानेर हत्या गरिएको थियो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्