फिल्म । डेब्यु फिल्म ‘धड्क’ मार्फत नै चर्चामा आएकी जान्वी कपूर आउँदो फिल्ममा फाइटर पाइलट बन्ने भएकी छिन । सन् १९९९ को कारगिल युद्धमा आफ्नो ज्यानको पर्वाह नगर्दै युद्ध लडेकी गुन्जन सक्सेनाको बायोपिकमा जान्वी देखिदैछिन् । गुन्जनलाई फाइटर पाइलट भनेर चिनिने गरिन्छ ।
जान्वीले यसको छायाँकन सकाईसकेकी छिन् । तर , कोरोना भाइरस (कोभिड १९) को कारण फिल्मको काम अड्किएको छ । यस स्थिति ठिक हुने वितिकै उनको फिल्मको रिलिज डेट घोषणा गरिने छ । उनको पाइलटकै ड्रेसमा केहि तस्बिर पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । जसलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । उनले ‘धड़क’ पछी ‘घोष्ट स्टोरी’ मा काम गरेकी थिइन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्