फिल्म । लोकप्रिय सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईलाई पितृशोक परेको छ । उपचारका लागि सर्लाहीबाट काठमाण्डौँ ल्याएको उनको पिता तुलसीप्रसाद भट्टराईको ८५ वर्षको उमेरमा आज विहान ८ बजेर ४० मिनेटमा निधन भएको हो । किर्तिपुरस्थित निवासमा निधन भएपछि स्वर्गीय भट्टराईको अन्तिम संस्कार पशुपतिस्थित आर्यघाटमा गरिने छ ।
नशा र प्रेसरका विरामी रहेका भट्टराई सर्लाहीस्थित हरिवनमा बसोबास गर्थे । उनले शिक्षा र साहित्य क्षेत्रमा दिएको योगदानको चर्चा सर्लाहीमा धेरै हुने गर्छ ।
कमेन्ट गर्नुहोस्