अन्य दिन झैँ ‘जन्मोत्सव’ पनि

फिल्म । किस्मत फिल्म मार्फत अभिनेताको रुपमा डेब्यु गरेका चकलेटी अभिनेता आर्यन सिग्देल आज जन्मोत्सव मनाउदैछन् । साउन २० गते २०३८ सालमा जन्मिएका आर्यन ३८ वर्षमा प्रवेश गरेका छन् । डेब्यु फिल्म मार्फत नै दर्शकको मनमा राज गर्न सफल आर्यनलाई त्यसपछि अभिनय गरेको फिल्म ‘मेरो एउटा साथी छ’ ले स्थापित नै बनायो ।

सुदर्शन थापाको निर्देशनमा तयार फिल्मले आर्यनको छवीनै लभर ब्वाईको रुपमा स्थापित गर्यो । तात्कालिन समयमा द्वन्दप्रधान फिल्मको बाहुल्यता हुँदा आर्यनले आफ्नो स्टारडम देखाए । त्यसपछि प्राय फिल्ममा लभर ब्वाईकै रुपमा उनि प्रस्तुत भए । आफ्नै कारणले पाएको सफलताबाट आफ्नै कारणले बाटो विराएको स्वीकार्ने आर्यनले जन्मोत्सव पनि नर्मल नै हुने बताए ।

‘मेरो दैनिकी सेड्युल झैँ हुन्छ , यसमा त्यस्तो केहि फरक हुँदैन’ आर्यनले भने । उनि केहि नयाँ संकल्प गर्ने सोचमा पनि छैनन् । ‘मैले जे गरे राम्रो गरे र आगामी दिनमा पनि यो गर्छु वा त्यो गर्छु भन्ने छैन’ आर्यनले भने । उनि पछिल्लो समय आफ्नो प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हजार जुनीसम्म’ को प्रमोसनमा व्यस्त छन् भने आउँदो मङ्सिरमा रिलिज हुने ‘च च हुई’ को पनि तयारीमा छन् । हजार जुनीसम्ममा आर्यन दुइ गेटअपमा देखिएका छन् । फिल्म साउन ३० मा रिलिज हुदैछ ।

कमेन्ट गर्नुहोस्