‘फिल्म सिङ्गल ल्याउने ईच्छा थियो’ निर्देशक चाम्स

फिल्म । राजधानीमा एक कार्यक्रममा आयोजना गर्दै फिल्म ‘बीर विक्रम २’ को ट्रेलर सार्वजनिक गरियो । जहाँ निर्देशक मिलन चाम्सले आफ्नो चाहना सिङ्गल फिल्म ल्यौउने नै रहेको बताए । ‘मैले चाहेको नै सिङ्गल फिल्म ल्याउन हो त्यहि अनुरुप खाली डेटमा फिल्म घोषणा गरेको हो’ निर्देशक चाम्सले भने ‘अब दुइवटा नै फिल्म आउंदैछ , सबैले आफ्नो लगानी सुरक्षित गर्नु पर्छ शुभकामना हामी दुबैलाई ।’

साथै , उनले बजारमा विभिन्न हल्ला पनि सुन्ने गरेको बताए । ‘बजारमा हाम्रो फिल्मलाई लिएर विभिन्न हल्ला सुन्ने गरेको छु , कहाँसम्म सत्य हो त्यो त थाहा छैन’ उनले भने ‘हामीलाई दर्शकको साथ् हुनेछ यसमा म विश्वस्त छु र दर्शकको समय र पैसाको पनि पूर्ण सदुपयोग हुनेछ ।’ उनले फिल्म पूर्ण रुपमा मनोरन्जनात्मक बनाएको बताए ।

फिल्ममा पल शाह , नाजिर हुसेन र वर्षा सिवाकोटी मुख्य भूमिकामा छन् । कथा यी तिनकै वरपर घुमेको छ । फिल्ममा नेगेटिभ क्यारेक्टरमा बुद्धि तामाङ छन् । ट्रेलरमा देखिएको उनको लुक्स र शैलीलाई राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ । फिल्ममा बीरको भूमिकामा पल छन् भने विक्रमको भूमिका नाजिरले निर्वाह गरेका छन् । यसमा बादलको भूमिका भने वर्षा छिन् ।

बादलको मायामा बीर र विक्रम परेपछि आउने परिस्थितिलाई फिल्मले चित्रण गरेको छ । मिलन चाम्सको निर्देशनमा तयार फिल्मले मित्रता र मायाको कथा समेटेको छ । फिल्ममा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको पनि अभिनय छ भने अपर्ण सापकोटा यसको सह-निर्माताको रुपमा रहेका छन् । फिल्मलाई सुदीप बरालले खिचेका हुन् । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।

कमेन्ट गर्नुहोस्