‘छक्का पञ्जा’ सिरिज आउँदो वर्ष नआउने ?

फिल्म । पछिल्लो तिन वर्ष यता दर्शकले हेर्दै आएका छक्का पञ्जा सिरिजलाई आउँदो वर्ष हेर्न नपाउने भएका छन् । किनकी यो युनिटले बाहिरी ब्यनारको सहकार्यमा फिल्म गर्दैछ । यो युनिटले निर्माता रोहित अधिकारीसँगको सहकार्यमा नयाँ फिल्म ‘छमाया छपक्कै’ घोषणा गरेका छन् । अभिनेता तथा निर्माता दीपकराज गिरीले फेसबुकमा स्टाटस पोष्ट गर्दै फिल्मको नाम सार्वजनिक गरेका हुन् । उनले फिल्मको छायाँकन वैशाखमा सुरु हुने बताएता पनि कलाकारको बारेमा जनाएका छैनन् ।

फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गर्दैछन् । फिल्मको प्रदर्शन आउँदो दशैँमा हुनेछ भने यसमा छक्का पञ्जा टिमले विना लगानी तथा विना पारिश्रमिक मुनाफाको ५० प्रतिशत पाउनेछन् । यसैगरी यस फिल्मपछि छक्का पञ्जा युनिटको सहकार्य निर्देशक सिमोश सुनुवारसँग हुनेछ । फिल्मलाई सिमोशले निर्देशन गर्नेछन् भने यो फिल्म संवत आउँदो वर्ष २०७६ को चैत्र अन्तिममा प्रदर्शनमा आउनेछ । यसै कारणले गर्दा पनि आउँदो वर्ष दर्शकले छक्का पञ्जाको नयाँ सिरिज भने हेर्न पाउने छैनन् ।

कमेन्ट गर्नुहोस्