एलीना र पवनको स्वरमा ‘सिस्नो ले पोल्यो’

फिल्म । चर्चित गायिका एलीना चौहान र गायक पवन परियारको स्वरमा सजिएको नयाँ लोकपप शैलीको गीत ‘सिस्नो ले पोल्यो’ सार्वजनिक भएको छ । गीतमा तुलाराम लामिछाने र गायक पवन परियारकै शब्द संयोजन रहेको छ । संगीत पनि पवन परियारले नै तयार गरेका हुन् । परम्परागत लोक भावनालाई समेट्दै आधुनिक संगीत संयोजनमार्फत नयाँ पुस्तालाई आकर्षित गर्ने प्रयास यस गीतमा गरिएको छ । गीतको भिडियोमा करिश्मा शाही, सुमन योगी र अन्य कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

गीतले पहाडी गाउँको परिवेश, प्रेम र पीडाको कथा प्रस्तुत गर्छ । एलीना चौहानको सुमधुर स्वर र पवन परियारको दमदार गायनले गीतलाई थप भावुक र आकर्षक बनाएको छ ।

सुरेश पाण्डे को कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोलाई देव दोर्जे लामाले छायांकन गरेका हुन् भने अनिल बिष्ट प्युठानीले सम्पादन गरेका छन् । गीत युट्युबमार्फत सार्वजनिक भएलगत्तै दर्शक तथा स्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको छ । लोकपप शैलीमा ल्याइएको यस प्रकारको सिर्जना नेपाली संगीतमा नयाँ स्वाद थप्ने प्रयासका रूपमा हेरिएको छ ।

कमेन्ट गर्नुहोस्