‘मिश्रित प्रतिक्रियाले करेक्सन गर्ने मौका पाइन्छ’ मदनकृष्ण

71 Shares

फिल्म । शुक्रबारदेखि रिलिज भएको फिल्म ‘दाल भात तरकारी’ले शनिबार देशैभर आक्रामक व्यापार गर्यो । यसले काठमाण्डौको गोपिकृष्ण मुभिज, अष्टनारायणदेखि मल्टिप्लेक्समा शनिवार दर्शकको राम्रो साथ् पायो । तर , यसले मिश्रित प्रतिक्रिया पाएको चर्चा भइरहेको छ । जसको विषयमा निर्माण कम्पनि मह सञ्चारका म अर्थात् मदनकृष्ण श्रेष्ठले बोलेका छन् । उनले प्रतिक्रियालाई एसेप्ट गर्दै आफुहरु प्रति दर्शकको अपेक्षा पनि बढी नै रहेको बताए । ‘मिश्रित प्रतिक्रियाले हामीलाई करेक्सन गर्ने मौका दिन्छ’ उनले मिडियासँग कुराकानी गर्दै भने ‘हामी प्रति दर्शकले अलि बढी नै आश राख्नु भएको थियो मैले यो टिमलाई पनि भनेको थिए ।’ यद्दपी उनले आफुले भेटेका प्राय दर्शकले फिल्म मनोरन्जनक रहेको प्रतिक्रिया दिएको बताए । सोमबार साँझ मात्र जय नेपाल हलमा शिवम सिमेन्टले ‘स्पेसल स्क्रिनीङ’ को आयोजना गरेको थियो । जहाँ मदनसँगै हरिवंश आचार्य , किरण केसी , आँचल शर्मा , पुष्प खड्का लगायत उपस्थित थिए ।

अमेरिका जाने सपना बुनेको एक परिवारको कथालाई यो फिल्मले हाँस्य शैलीमा प्रस्तुत गरेको छ । किरण केसीको प्रस्तुति रहेको फिल्मलाई उनकै पुत्र सुदन केसीले निर्देशन गरेका हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , निरुता सिंह , बर्षा राउत , आँचल शर्मा , पुष्प खड्का , शिवहरी पौडेल, बसुन्धरा भुसाल , रविन तामाङ , किरण केसी , राजाराम पौडेल लगायतको अभिनय रहेको छ । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् भने पटकथा तथा संवाद पनि उनकै रहेको छ ।

यसमा यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितबंश आचार्यलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । प्रविन सिंह र कविराज गहतराजको फिल्मका गीतमा कोरियोग्राफी छ ।

कमेन्ट गर्नुहोस्