अब पालो खुशीको ?

फिल्म । स्टारकिडको गडफादर नै मानिने गर्छन् करण जोहर । किनकी उनले प्राय स्टारकिडलाई बलिउडमा ल्याएका छन् । यसैले गर्दा पनि करणको फिल्म अब को आउँदै छ ? जिज्ञाषा हुने गर्छ । पछिल्लो समय उनि ड्रिम प्रोजेक्ट तख्तमा व्यस्त छन् । कोरोना भाइरस (कोभिड १९) को कारण छायाँकन सुरु नभए पनि प्रि-प्रोडक्सनको काममा करणको युनिट छ ।

यसका साथै उनले अब खुसि कपूरलाई बलिउडमा डेब्यु गराउने सोचमा छन् । नेहा धुपियाको शो ‘नो फिल्टर नेहा’ मा करणले खुशीलाई बलिउडमा ल्याउने बताए । उनले भने ‘खुशी फिल्मी छिन यसैले पनि उनलाई बलिउडमा छिटै ल्याउनु पर्छ ।’

निर्माता बोनी कपुर तथा एक्ट्रेस श्रीदेवीकि छोरी जाहन्वीलाई पनि करणले नै ‘धड़क’ मार्फत बलिउडमा ल्याएका थिए । यसै फिल्म मार्फत शहिद कपूरका भाइ इशान खट्टरलाई पनि बलिउडमा डेब्यु गराएका थिए । उनले आलिया भट्ट , वरुण धवन , सिद्धार्थ मलहोत्रा लगायतका स्टारकिडलाई बलिउडमा डेब्यु गराईसकेका छन् ।(एजेन्सी)

कमेन्ट गर्नुहोस्