
फिल्म । नेपाली फिल्ममा काम गर्न भारतीय द्वन्द्व निर्देशक सिल्भा मास्टर नेपालमा छन् । ‘२.०’,‘मारी’,‘थलैवा’,‘थल्पती’ जस्ता चर्चित दक्षिण भारतीय फिल्ममा उनले द्वन्द्व निर्देशकको रुपमा काम गरेका छन् । नेपालीसँगै भोजपुरी फिल्ममा अभिनय गरेका अभिनेता विराज भट्टको निर्देशनमा छायाङ्कन भइरहेको ‘१२ गाउँ’ मा द्वन्द्व निर्देशक सिल्भाले द्वन्द्वका दृश्यलाई निर्देशन गरिरहेका छन् ।
विशेषत अभिनेता भट्टले आफ्नो छोरा समीर भट्टको द्वन्द्वका दृश्य निर्देशन गर्ने जिम्मा उनलाई दिएका छन् । नेपालका द्वन्द्व निर्देशक शङ्कर महर्जन र देव महर्जनसँग सहकार्य गर्दै द्वन्द्व निर्देशक सिल्भाले काम गरिरहेका छन् ।
यसमा भारतका अन्य ‘स्टन्ट’ गर्ने द्वन्द्व कलाकार पनि रहेको निर्देशक भट्टले बताए । उनले भने,‘द्वन्द्वको दृश्यमा काम भइरहेको छ । भारतीय निर्देशकसहितको समूहसँग काम गर्दा नयाँ अनुभव बटुलिरहेका छौँ ।’

यसको छायाङ्कन चितवन र हेटौडाका विभिन्न स्थानमा भइरहेको छ । फिल्ममा न्यान्सी खड्का र सनिसा भट्टराई लगायतका कलाकारले अभिनय रहेको छ । यसमा सन्तोष सरकारले कथा लेखन, महेश पौडेलले छायाङ्कन रहेको छ ।