एक्सन अवतारमा सिल्वेस्टर (भिडियो)

13 Shares

फिल्म । हलिउडको चर्चित एक्सन फिल्म ‘र्‍याम्बो’ को नयाँ सेरिजलाई दर्शकले आउँदो सेप्टेम्बर २० मा हेर्न पाउने भएका छन् । सन् १९९२ मा रिलिज भएको फस्ट सेरिज देखि नै चर्चामा रहेको फिल्मको पाँचौ सेरिजको ट्रेलरसँगै रिलिज डेट तय भएको हो । पहिलो सेरिजमा देखिदा ३६ वर्षका सिल्वेस्टर स्टलन पाँचौ सेरिजमा काम गर्दै गर्दा ७१ वर्षका भइसकेका छन् । नयाँ सिरिजको नाम ‘र्‍याम्बोः लास्ट ब्लड’ राखिएको छ ।

दोस्रो सेरिज देखि नै उनले रेम्बोको उपनाम पाएका थिए । हलिउडसँगै नेपाली दर्शक माँझ पनि आफ्नो क्रेज छोड्न सफल सिल्वेस्टरले नयाँ फिल्मको लागि निकै मेहनत गरेका छन् । उनि स्वयम् फिल्मका निर्माता मध्यका एक पनि हुन् । हलिउड न्युज केन्द्रित केहि वेबसाइटले रेम्बोको पाँचौ सेरिजलाई उनको अन्तिम एक्सन फिल्म लेखेका छन् । फिल्मलाई एड्रियन ग्रुनबर्गले निर्देशन गरेका हुन् । (एजेन्सी)

Facebook Comments