प्रियंका र निकको विवाहमा हुनेछैनन् बि-सेलेब्स

बलिउड । बलिउडमा यतिबेला विवाहको माहोल छ । एकपछि अर्को विवाहको खबर आइरहेको छ , रणवीर सिंह र दीपिका पादुकोणको विवाहको विधि पनि सुरु भईसक्यो । विवाहमा सहभागी हुन् बलिउडकर्मीलाई यो जोडीले निम्तो पनि गरिसकेका छन् । तर यसपछी विवाह हुने प्रियंका चोपडा र निक जोनसको विवाहमा भने बलिउड सेलेब्सलाई देख्न नपाइने भएको छ । अर्थात् प्रियंका र निकको विवाहमा सेलेब्स देखिनेछैनन् । विवाहमा यी दुईको फ्याम्लीलाई मात्र निमन्त्रणा गरिएको छ । प्रियंकाकी बहिनि परिनिती चोपडाले मात्र बि-टाउनको उपस्थीति जनाउनेछिन । केहि समय यता यी दुई प्रेममा थिए । निक प्रियंका भन्दा झन्डै १० वर्ष कान्छा हुन् । निक र प्रियंकाले विवाh दुई परम्परा अनुसार गर्ने भएका छन् ।

कमेन्ट गर्नुहोस्