कपिलको शो मा जादैछन् सुनिल ?

टेलिभिजन । पछिल्लो समय बलिउड सेलेब्सको लागि फेरी कपिल शर्माको शो प्रमोसन हब बनिसकेको छ । ‘द कपिल शर्मा शो’ मा प्रमोसन गर्नको लागि कलाकार हरेक हप्ता पुग्ने गरेका छन् । सलमान खानको साथ् पाएर शो ल्याएका कपिललाई लक लागेको छ । उनको स्टारडम बढ्दो छ । यसैले गर्दा कपिललाई फेरिपनि सेलेब्सको कमि छैन । यसै क्रममा कपिलको शो मा आफ्नो फिल्म प्रमोसन गर्नको लागि ‘भारत’ टिम पुग्ने भएका छन् । सलमानले आफ्नो सम्पुर्ण टिमलाई लिएर पुग्नेछन् ।

फिल्ममा सलमानसँगै कट्रिना कैफ , दिशा पटानी , सुनिल ग्रोवर लगायतको महत्वपूर्ण भूमिका छ । फिल्मलाई अलि अब्बास जफरले निर्देशन गरेका हुन् । यसकारण कपिलको शो मा अलि , कट्रिना , दिशा पुग्दैछन् भने सलमान नहुने कुरै भएन । तर के शो मा सुनिल पुग्नेछन् त ? यो जिज्ञाषा यतिबेला सबैलाई छ । किनकी सलमानको बोलि बि-टाउनमा काट्न सक्ने कमै हुन्छन । तर , सुनिल उक्त शो मा नदेखिने भएका छन् । उनले एक समारोहमा पत्रकारसँग कुराकानीको क्रममा आफु शो मा नगएको बताएका छन् ।

‘मलाइ कहिँ कतैबाट शो मा जाने प्रस्ताव आएको छैन भने भाइजानले पनि केहि भनेका छैनन्’ सुनिलले भने ‘मलाइ निम्तो आयो भने यसबारेमा सोच्ने छु ।’ उनको भनाइले सिधा इशारा कपिल तीर गरेको छ । कपिलको निम्तो र भाइजान सलमानको निम्तो नआएसम्म आफु शो मा नपुग्ने उनले स्पष्ट बताएका छन् । फिल्म भारतको टिमसँगको रमाइलो मस्तीलाई अप्रिलको लास्ट एपिसोडमा देखाइनेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्