‘जदौ’ मा साम्राज्ञी

फिल्म । नयाँ बर्ष ०८२ को अवसरमा टाइटल डिजाइनसहित बैशाख १ गते घोषणा गरिएको सामाजीक प्रेमकथानक फिल्म ‘जदौ’ को प्रमुख अभिनेत्रीमा साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धीत भएकी छिन । सिल्भर स्क्रीन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिले संयुक्त रुपमा निर्माण गर्ने फिल्मको परिकल्पना र लेखन काजी लिम्बूको रहेको छ ।

फिल्मको निर्देशकको बारेमा भने निर्माण टिमले खुलाएको छैन । भदौबाट सुटिङ सुरु गरिने ‘जदौ’ श्याम तामाङ्गले खिच्ने छ्न । बुद्धि माझी निर्माण ब्यबस्थापन रहेको फिल्मका गीतमा बाबुल गिरीको सङ्गित छ ।

फिल्मको सहनिर्मातामा ओम चेम्जोङ्ग, राजाराम सुवेदी र शान्ता तामाङ्ग छ्न । अन्य कलकार तथा प्राविधिक बारे चाडै नै पूर्ण जानकारी दिइने समिश्रण मुभिजका निर्देशक अन्जन शर्माले बताएका छन । फिल्म ०८२ सालभित्रै दर्शक माझ ल्याउने योजना निर्माण टिमको छ ।

कमेन्ट गर्नुहोस्