माघ २५ मा ‘न यता न उता’

फिल्म । केहि समेत अगाडी टिजर र गीत सार्वजनिक गरेतापनि डेट भने सार्वजनिक नगरिएको फिल्म ‘न यता न उता’ माघ २५ मा रिलिज हुने भएको छ । फिल्ममा ऋचा शर्मा , छुल्ठिम गुरुङ,समिर दीक्षित, मिराज रोश , बुद्धि तामाङ , रविन्द्र झा , नम्रता सापकोटा , कमलमणि नेपाल , राजाराम पौडेल , सिल्सा जिरेल लगायतको अभिनय रहेको छ । कमेडी जनरमा तयार फिल्मलाई मिराशले नै निर्देशन गरेका हुन् ।

ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता रहेको फिल्ममा अमित अर्याल, बिजय अवाले, बिनिता अधिकारी, डाक्टर निराजन शर्मा लगायतको लगानी रहेको छ । यसमा राजन इशान र मिलन जलानको संगीत, विक्रम स्वारको कोरियोग्राफी, अरोन अशोक कुमारको छायाँकन, निदेशक मिराज रोशको कथा, अभिमन्यु निरबीको पटकथा तथा सवांद, विपिन मल्लको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्