‘फिल्ममा आउन डान्ससंगै अभिनय चाहिन्छ’

फिल्म । पछिल्लो समय सामाजिक सञ्जालले लोकप्रियतालाई अगाडी बढाउने मौका दिने गरेको छ । युट्युबसंगै पछिल्लो समय टिकटकले पनि आफुमा भएको प्रतिभालाइ दर्शकसम्म पुर्याउन मदत गर्ने गरेको छ । टिकटकमा १५ सेकेन्डको भिडियो निर्माण गरेर नै धेरै जनाहरु सेलिब्रिटी बनेका छन् । टिकटकबाट नै चर्चित बनेका छन्, प्रिन्सी र प्रिज्मा खतिवडा । जुम्ल्याहा यी दुइ–दिदी बहिनीले टिकटकमा ट्विनी गर्ल नाम राखेर भिडियो सार्वजनिक गर्ने गरेका छन् । यसबाट नै उनीहरु चम्किएका छन् ।

पछिल्लो समय उनीहरु म्युजिक भिडियो हुँदै फिल्ममा आइसकेका छन् । आधा दर्जन भिडियोमा काम गरिसकेका ट्विनी गर्लले ‘लभ डायरिज’को ‘छम छम’ मा काम गरे । फिल्ममा यो उनीहरुको पहिलो काम हो । ‘हामी निकै खुसि छौ किनकी फिल्ममा काम गर्न पायौ’ उनीहरुले भने । उनीहरुले गीत राम्रो लागेकाले नै काम गर्न तयार भएको बताए ।

तर , उनीहरु भाइरललाई स्विकार्न तयार छैनन् । ‘हामीलाई भाइरल भन्ने ट्याग लागेको छ तर यो कुरा हामी स्विकार गर्दनौं । किनभने भाइरल भनेको छोटो समयको लागि हुन्छ । हामी त १ वर्ष भइसक्यो’ प्रिन्सीले भनिन् । प्रिज्माले आफुलेहरुले संघर्ष गरिरहेको बताइन । यसैगरी फिल्म कहिले खेल्ने त ? भन्ने प्रश्नमा उनीहरुले अहिले तयारी पुरा नभएको बताए ।

‘फिल्म खेल्नु सजिलो छैन , निकै मेहनत गर्नुपर्छ’ उनीहरु भन्छन् ,’नाच्न आयो भन्दैमा फिल्म खेल्ने भने हुन्न , धेरै सिक्नु जरुरि छ ।’ खासगरी उनीहरुले फिल्म आउनु मात्र ठुलो कुरा नरहेको बताए । ‘फिल्ममा आउँन अभिनय आउनु पर्छ अनि हामीले दर्शकको एक्स्पेक्ट पुरा गर्न सक्नु पर्छ’ उनीहरुले भने । यद्दपी भविष्यमा फिल्म गर्ने कुरालाई नकारेनन् ।

कमेन्ट गर्नुहोस्