फिल्म । फिल्म ‘परदेशी २’ आउँदो दसैँमा प्रदर्शन हुने भएको छ । केहि समय अगाडी देखि नै दसैँमा फिल्म प्रदर्शनमा आउने चर्चा भएता पनि गत वुधवार मात्र वितरकले प्रदर्शनको घोषणा गरेका हुन् । मोफसल वितरक कम्पनि एफडीले फिल्म आउँदो वर्ष २०७९ को दसैँमा प्रदर्शन हुने जनाएको छ । प्रदर्शन तय भएसँगै निर्माण टीमले फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक फस्टलुक्समा फिल्मका मुख्य कलाकारहरु प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा सिवाकोटी फिचर छन् ।
नारायण इन्टरनेशनलको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले संयुक्त रुपमा निर्माण गरेको फिल्मलाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । परदेशीको कथा-व्यथालाई उठाएको फिल्ममा नीर शाह, सुशिल पोख्रेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, रोशनी कार्की, देबेन्द्र बब्लु लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् । फिल्मको कथा रमेश बि.जी.ले तयार पारेका हुन् । बि.बि. अनुरागीको संगीत, गोबिन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनको छायांकन तथा दीर्घ खड्काको सम्पादन छ ।










