सङ्गीत । लोकप्रिय गीतकार दयाराम पाण्डेयको शब्द रचना रहेको ‘सम्झना’ गीत सार्वजनिक गरिएको छ । गीतमा इन्डियन आइडलको तेस्रो संस्करणको उपविजेता अमित पलले स्वर दिएका छन् । माघेसंक्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको गीतमार्फत नेपाली गीत गाउने चाहना पुरा भएको अमितले बताएका छन् ।
उनले भने,‘शब्द र सङ्गीतका हिसाबले उत्कृष्ट लागेर गीत गएको हुँ । यो सुनेर मलाई प्रतिक्रिया दिन हुन् आग्रह गर्दछु ।’ उनले नेपाल आएर सांगीतिक कार्यक्रम गर्ने र दर्शकसँग साक्षात्कार गर्ने इच्छा रहेको र चाडै नेपाल आउने बताउने बताए ।
कृष रिजालको संगीत रहेको गीतको इजाज अलिले संगीत संयोजन र मिक्सिङ गरेका छन् । सुरेन्द्रमान कार्कीको छायांकन, सम्पादन र कलर ग्रेडिङ रहेको यो गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।
विशाल गुरुङले निर्देशन गरेको उक्त भिडियोमा मुक्ति उप्रेती र योगिसा महर्जनलाई काष्ट गरिएको छ । ए.बि. म्यूजिक क्रिएशनको प्रस्तुति यस गीतको रोचक पक्ष यो छ कि यसका रचनाकार दयाराम पाण्डेय काठमाडौ नेपालमा बस्छन्, त्यस्तै गायक अमित पल सिलिगुढी भारतमा बस्छन भने संगीतकार कृष रिजाल कोलोराडो अमेरिकामा बसोबास गर्दै आएका छन् । र यस गीतको रेकर्डिङ स्ट्रिङ्गस् स्टूडियो दार्जिलिङमा गरिएको हो ।












