नारी दिवसमा ‘खुल्ला आकाश’

संगीत । आज एक सय दशौं नारी दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइंदैछ । नारी दिवसको उपलक्ष्यमा यसरि नै कार्यक्रम गरेर मनाइने गरिन्छ । ‘समानताको पुस्ता : अन्त्य गरौं हिंसा, विभेद र असमानता’ नारासंगै आजको दिन नारी दिवस नेपालभर विभिन्न कार्यक्रम गर्दै मनाइएको छ । यसै दिनको सन्दर्भ पारेर ‘प्रेमपिण्ड’ फिल्ममा ‘गैरी खेतको’ बोलको गीतमा नृत्य गरेर चर्चामा आएकी अभिनेत्री अभिनेत्री सनी रौनियार आफ्नो आवाज तथा अभिनयमा ‘खुल्ला आकाश’ बोलको गीत ल्याएकी छिन् ।

लामो समय पश्चात पुनः गायनमा आएकी सानीले लगभग २४ बर्ष अगाडी ‘सनी’ नामक गीतिसंग्रह ल्याएकी थिइन् । ‘प्रेमपिण्ड’ संगै सडक,सिता र दैवसंजोगमा अभिनय गरेकी सनीले यसै गीत मार्फत गायनसंगै अभिनयलाई अगाडी बढाएकी छिन् । गीतमा विजय शिवाकोटीको शब्द र राजु सिंहको संगीत रहेको छ ।

‘गीतको माध्यमबाट महिलाको भित्री भावनाहरू व्यक्त गर्ने यथासक्दो प्रयास गरेको छु , भने समाजले महिलाको विषयमा राख्ने विचारमा विमती राख्दै जागरुक बनाउने प्रयास गरेकी छु । गीतले महिला सशक्तिकरण र सामाजिक समानताको सन्देश दिन्छ । म, यो गीत सबै महिलालाई समर्पित गर्छु, जसले आफ्नो सम्भाव्यता अथाहा छ र आफ्नो सिमा खुल्ला आकाश हो भन्ने विस्वास राख्छन’ सनीले भनिन् । गीतको भिडियोलाई सञ्चारकर्मी भुषण दाहालले निर्देशन गरेका हुन् । उनले गीतमा कोरीएको शब्दलाई दृश्य भाषा मार्फत प्रस्ट्याउने कोसिश गरेका छन् । गीतमा जीवन रिजालको छायांकन , भारत रेग्मीको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्