फिल्म । निर्देशक लक्ष्मण सुवेदीको फिल्म ‘सतीदेवी’ रिलिज नहुँदै नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् । उनले, निर्देशन गर्न लागेको नयाँ फिल्मको नाम ‘पार्वती’ राखिएको छ ।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रियशनको प्रस्तुतिमा यो फिल्म बन्न लागेको हो । फिल्ममा सुवेदीकै लेखन, गीत र निर्माण रहनेछ ।
श्रीदेवी सुवेदीको लगानीमा बन्न लागेको यो फिल्मलाई दिलासा र साराको प्रस्तुतिमा बनाउन लागिएको हो । ‘पार्वती गाउँले केटी मो’ भनिएको यो फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ ।
फिल्मलाई वि.सं २०८१ सालको महाशिवरात्रिमा रिलिज गरिने लक्ष्मणले जनाएका छन् । श्रीराम बालाजी फिल्मस्ले यो फिल्मको वितरण गर्नेछ । फिल्म ‘सतीदेवी’मा मलिका महतलाई केन्द्रीय भूमिकामा काम गराएका लक्ष्मणले ‘पार्वती’को भने कलाकार घोषणा गरेका छैनन् ।
कमेन्ट गर्नुहोस्










