फिल्म । आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’ को अग्रिम टिकट बुकिङ नेपालभरका हलमा खुला गरिएको छ। शुक्रबारदेखि प्रदर्शनमा आउने यस फिल्मको बुकिङ प्रदर्शनअघि नै सुरु गरिएको हो। चलचित्र केन्द्रीय जाँच समितिबाट ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरिसकेको यस फिल्म सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन्।
मधुसुदन भट्टराईको निर्देशनमा बनेको फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाह्नवी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, सुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ, सुष्मा जिम्बा, खिन्नबहादुर भण्डारी (भोले), गोविन्द प्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जनलगायत कलाकारको अभिनय रहेको छ।
प्रसिद्धि सिने आर्ट्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन्। तीन दाजुभाइबीचको सम्बन्ध र उनीहरूबीचको मनमुटावलाई कमेडी तथा सामाजिक कथासँग जोडेर प्रस्तुत गरिएको फिल्ममा विक्रम तामाङ कार्यकारी निर्माता रहेका छन्। सह–निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे रहेका छन् भने विशेष सहयोगी शम्भु कुमार केसी हुन्।
साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। फिल्ममा शिव ढकालको छायांकन र बनिश शाहको सम्पादन रहेको छ। गीतमा साप शक्ति र बाबुल गिरीको संगीत रहेको फिल्ममा नृत्य निर्देशन कमल राई र इन्द्र देव महर्जनले गरेका छन्।
फिल्मको पाश्र्व संगीत सम्राट थापा, ध्वनि मिश्रण मुकेश शाह र रङ संयोजन रेनिश फागोले गरेका छन्। द्वन्द्व निर्देशन देव महर्जन, ग्राफिक्स एक्स समिर मिया र कला निर्देशन दिनेश लामा ‘गैंडा’ले गरेका छन्। निर्माण नियन्त्रक सन्देश राई (भान्जा) हुन्। पोस्ट–प्रोडक्सन मोसन स्टुडियोले गरेको फिल्मलाई नेशनल सिने ग्रुप प्रा.लिले वितरण गर्दैछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। फिल्मका पोस्टर, टिजर र ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइसकेको भन्दै निर्माण पक्ष फिल्मप्रति उत्साहित देखिएको छ।










