‘ऐंचो पैंचो’ रिजिलकै दिन हेर्ने पुर्वमन्त्री आलेको घोषणा

फिल्म । आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।

सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले नेपालमा चलिरहेको राजनितिक अस्थिरतालाई सिनेमाले उठान गरेकाले आफ्नो मन छोएको बताए । सिनेमाको सार्वजनिक ट्रेलर हेर्दा ‘ऐंचो पैंचो’ उत्कृष्ट बनेको महसुस गरेको बताए ।

उनले भने,’म यसको ट्रेलर हेरेर भन्न सक्छु पहिलो दिन नै दर्शक बन्ने छु । यसले राजनीतिलाई पेसा बनाउने र गलत रुपमा प्रस्तुत गर्नेको यथार्थलाई पर्दामार्फत दर्शकसम्म लग्नेमा विश्वस्त छु ।’

सिनेमाको ट्रेलर हेर्दा राजनितिले देश र समाजमा पाएको प्रभावलाई नजिकबाट देखाउने प्रयास गरेको बुझ्न सकिन्छ । सिनेमाको सार्वजनिक २ मिनेट ३० सेकेण्ड लामो ट्रेलरमा सम्पूर्ण कलाकारलाई स्थान दिएको छ । सिनेमाका केही संवादले दर्शकको ध्यान खिच्न सक्ने देखिन्छ । सिनेमाका यसअघि सार्वजनिक टिजर र गीतले दर्शकको राम्रो साथ पाएकाले पनि ट्रेलरले अझै धेरै दर्शकलाई हलसम्म तान्ने विश्वास निर्देशक कृषा चौलागाईको छ ।

पूर्वी नेपालमा रमणीय स्थानमा खिएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको बिहीबार सार्वजनिक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

तस्वीर : सुरज धामी एण्ड महम्मद जलिम
कमेन्ट गर्नुहोस्