यस्तो देखियो अनमोलसंग सुहानाको जोडी (भिडियो)

फिल्म । ऋषिपंचमीको अवसर पारेर फिल्म ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा युवास्टार अनमोल केसीको रकस्टार लुक्स र डेब्यु गर्ल सुहाना थापा देखाइएको छ । सुहाना अनमोलको फ्यान हुन्छिन् र विस्तारै अनमोलसँगै उनको माया बस्छ , फिल्मको कथावस्तु यसकै वरिपरी घुमेको टिजरले प्रस्त्याउछ ।

सुहाना फिल्मी निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापाकि छोरी हुन् । फिल्ममा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व छ ।

कमेन्ट गर्नुहोस्