सर्यो ऋतिकको फिल्म

फिल्म । अन्तत ऋतिक रोशन अभिनित फिल्म ‘सुपर ३०’ को रिलिज डेट सरेको छ । कंगना रनौत अभिनित फिल्म ‘मनिकर्णिका’ संग ऋतिकको फिल्मसँगै जनवरी २५ मा रिलिज हुने भएपछी बि-टाउनमा राम्रै चर्चा भएको थियो । किनकी केहि समय अगाडी ऋतिक र कंगना आफ्नो रिलेशनको कारण चर्चामा आएका थिए । तर ऋतिकको फिल्मको काम नसकीएपछी नयाँ डेट जुलाई २६ लाई तोकिएको छ । फिल्मको रिलिज डेट घोषणा भइसकेपछी कंगना निकै खुसि छिन । किनकी त्यो डेटमा लगभग उनको मात्र फिल्म रिलिज आउदैछ ।

फिल्मलाई विकाश बहलले निर्देशन गरिरहेका थिए तर उनको नाम मिटूमा जोडिएपछी यसको जिम्मा अर्का निर्देशक कबिर खानले पाएका छन् । उनले फिल्मको काम पुरा गर्दैछन् । फिल्ममा ऋतिकसँगै विरेन्द्र सक्सेना , मनुरल ठाकुर , नन्दीश शर्मा , पंकज त्रिपाठी लगायतको अभिनय रहेको छ । गत वर्ष ऋतिक फिल्म काबिलममा देखिएका थिए , त्यस यता उनि देखिएका छैनन् ।

कमेन्ट गर्नुहोस्