मोफसलमा ‘बीर विक्रम २’ युनिट

88 Shares

फिल्म । आउँदो जेठ ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बीर विक्रम २’ टिम यतिबेला मोफसल टुरमा छ । फिल्मका निर्देशक मिलन चाम्स , कलाकारहरु पल शाह , वर्षा सिवाकोरी , नाजिर हुसेन , बुद्धि तामाङ लगायत छन् । टुरकै क्रममा पोखरा पुगेको युनिटले पत्रकार भेटघाटसँगै पोखराको चिप्लेढुङ्गामा कन्सर्ट गरेको छ ।

कन्सर्ट हेर्न आइपुगेका दर्शकलाई सम्बोधन गर्दै निर्देशक चाम्सले पछिल्लो समय गुणस्तरीय फिल्म निर्माण भइरहेकोमा जोड दिए । ‘नेपाली फिल्म छायाँकन र प्रदर्शनका लागि पोखरा उपयुक्त शहर हो किनकी पोखरा नसोची फिल्म बनाउन गाह्रो छ’ निर्देशक चाम्सले भने ‘पोखरेली दर्शकको माया र साथ् विना हामी अधुरो छौ ।’

फिल्ममा बीरको भूमिकामा पल शाह छन् भने विक्रमको भूमिका नाजिर हुसेनले निर्वाह गरेका छन् । यसमा बादलको भूमिका भने वर्षा सिवाकोटीले निर्वाह गरेकी छिन् । बादलको मायामा बीर र विक्रम परेपछि आउने परिस्थितिलाई फिल्मले चित्रण गरेको छ ।

मिलन चाम्सको निर्देशनमा तयार फिल्मले मित्रता र मायाको कथा समेटेको छ । फिल्ममा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको पनि अभिनय छ भने अपर्ण सापकोटा यसको सह-निर्माताको रुपमा रहेका छन् । फिल्मलाई सुदीप बरालले खिचेका हुन् । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।

Facebook Comments