कमेडी फिल्ममा प्रदीप ?

फिल्म । पछिल्लो समय चकलेटी नायकको ट्याग पाएका प्रदीप खड्कालाई दर्शकले कमेडी अवतारमा देख्न पाउने भएकाछन् । हुन् त उनले रोमान्टिक कमेडी फिल्म गरिसकेका छन् तर यसपटक उनि पूर्णतया कमेडी फिल्ममा देखिदैछन् । अर्थात् उनलाई कबड्डीको तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ हेर्न पाइने भएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार हुने फिल्मको स्क्रिप्टको काम यतिबेला भइरहेको छ भने फिल्मको छायांकन आउदो बैशाखबाट हुने सम्भावना बढ्दो छ ।

फिल्ममा प्रदीपसँगै दयाहाङ राई , कर्मा , विजय बराल , बुद्धि तामाङ र रिश्मा गुरुङलाई दर्शकले देख्न पाउने बुझिएको छ । साथै पहिलो सिरिज र दोस्रो सिरिजमा देखिएका निश्चल बस्नेत पनि फिल्ममा देखिन सक्नेछन् । निश्चल फिल्मका निर्माता मध्येका एक हुन् । निश्चल पनि कबड्डीको तेस्रो सिरिजमा देखिएको खण्डमा दर्शकका लागि खुसिकै विषय हुनेछ । फिल्ममा कमेडीसंगै रोमान्स पनि हुनेछ । रामबाबु निर्देशित फिल्म साइली र प्रदीप अभिनित फिल्म लभ स्टेसन रिलिज भइसकेपछी ‘कबड्डी कबड्डी कबड्डी’ को छायाँकन हुनेछ सम्भावना छ । तर फिल्मकै एक सदस्यको कुरालाई आधार मान्ने हो भने पहिलो सेड्युल चैत्र अगावै पनि सकिन सक्छ । किनकी चैत्रमा रामबाबु र प्रदीप आफ्नै फिल्ममा व्यस्त हुनेछन । त्यसपछी प्रदीप हेमराज विसीको निर्देशनमा तयार हुने फिल्ममा व्यस्त हुनेछन् । तयारी गरिएकै समयमा सुरु भएमा ‘कबड्डी कबड्डी कबड्डी’ को प्रदर्शन वर्ष २०७६ को दसैँमा हुन् सक्नेछ तर निर्माण पक्षले यतिबेला भाद्र १३ को डेटलाई फिल्म रिलिजको लागि बुक गरेको छ । कबड्डीको पहिलो सिरिजलाई दर्शकले रुचाएका थिए भने दोस्रोले ब्यबसायिक रुपमा राम्रो सफलता हात पारेको थियो ।

कमेन्ट गर्नुहोस्