फिल्म । नेपाल र भारतमा तय गरिएको तीस दिनको सेड्युल सकिएपछि नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को बाँकी छायांकन अमेरिकामा गरिने छ । नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको उक्त फिल्ममा डान्सर आयुषा समालसँगै रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, मेग सुवेदी ,नारायण खाती,भुपेन्द्र लिङ्देन,सुबास भन्डारी,बिजय सुब्बा लगायतका कलाकारले अभिनय गरेका छन् ।
पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण भएको फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्ने बताईएको छ । नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपालीको इतिहासलाइ फिल्ममार्फत उठाउन खोजिएको निर्देशक प्रधानले बताए ।
शिवम् अधिकारीको लेखन रहेको फिल्ममा निर्देशक प्रधानकै कथा दिपक शर्माको सङ्गीत,सौरभ लामाको छायांकन,देव महर्जन द्वन्द्व,समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।











