सँगै ऐश्वर्या र दीपिका

फिल्म ।’परिणीता’ जस्तो फिल्म मार्फत निर्देशनमा डेब्यु गरेका प्रदीप सरकार पछिल्लो समय भने ‘हेलिकप्टर इला’ मार्फत दर्शक सामु आए । दोस्रो फिल्ममा भिजुअल निर्देशक बनेका प्रदीपले नयाँ फिल्ममा दीपिका पादुकोणसंग काम गर्ने भएका छन् । १९औं शताब्दीतिरकी गायिका विनोदिनी दासीको जीवनीमा आधारित फिल्ममा दीपिकाले अभिनय गर्ने भएकी हुन् भने यसलाई प्रदीपले निर्देशन गर्नेछन् ।

थियटर आर्टिस्टसमेत रहेकी विनोदिनीलेकोलकाताको स्टेजमा एकछत्र राज गरेकी थिइन् । भने , ८० भन्दा बढी नाटकमा अभिनय गरेकी थिइन् । यसमा दीपिकासंगै अभिनेत्री ऐश्वर्य राय बच्चनको पनि अभिनय रहनेछ । प्रेम कथासंगै थिलर र सोसल जनरका फिल्म समेत निर्देशन गरेका प्रदीपले यतिबेला ‘एरेञ्ज म्यारिज’ नामक फिल्मको काम गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्