सलमानलाई के भनिन् उनकी आमाले ?

फिल्म । बलिउडका भाइजान सलमान खान डिसेम्बर २७ बाट वर्ष ५३ मा पाइला टेकेका छन् । उनलाई जन्मोत्सवमा बलिउडकर्मीसँगै फ्यानले पनि उत्तीकै शुभकामना दिईरहेका छन् । भाइजानको उपाधि समेत पाएका सलमानकि आमाले भने उनिसँग वर्थ डे प्रोमिस मागेकी छिन । उनले सलमानलाई आउदो वर्षको वर्थ डेमा सिक्स प्याक एब्स बनाउन भनेकी छिन । सलमानले खानले एक अन्तर्वार्ताको क्रममा आमाले हेल्दी हुन् र बडी बनाउन भनेको बताए । ‘अब दैनिक जिम टाइम बढाउछु , आमालाई गरेको प्रोमिस नेक्स्ट ईयर पुर्याउछु ‘ सलमानले भने ।

पछिल्लो समय फिल्म भारतमा ब्यस्त सलमान केहि दिनपछि यसको शुटिंग पुरा गर्नेछन् । यो वर्ष भने सलमानको लागि राम्रो भएँन , उनि जेल बस्नु पर्यो भने उनि अभिनित फिल्म रेस ३ ले पनि राम्रो ब्यापार भने गर्न सकेन । आउदो वर्षको इदमा सलमान अभिनित फिल्म ‘भारत’ रिलिज हुनेछ भने त्यस अगाडी नै सलमानले दबंगको तेस्रो सिरिजको छायाँकन सक्नेछन ।

कमेन्ट गर्नुहोस्