फिल्म । पछिल्लो समय सलमान खान ‘दबंग ३’ को काममा व्यस्त छन् । फिल्म आउँदो डिसेम्बर २० मा रिलिज हुँदैछ । तर , त्यसपछि सलमान के गर्दैछन् त ? यसले चर्चा पाउँदैछ । किनकी सलमान पछिल्लो केहि वर्षयता इदमा आफ्नो फिल्म लिएर आउने गरेका छन् । आउँदो सन् २०२० को इदमा ‘इन्शाल्लाह’ आउने चर्चा थियो ।
फिल्मलाई संजयलीला भन्सालीले निर्देशन गर्दैछन् । संजयले सलमानसँग गत सन् १९९९ मा रिलिज भएको फिल्म ‘हम दिल दे चुके सनम’ मा सँगै काम गरेका थिए । जसलाई दर्शकले अत्यधिक रुचाएका थिए । त्यसपछी सलमानले संजयको फिल्म ‘सावरिया’ मा केमियो गरेका थिए, तर दर्शकले बलिउडका भाइजान सलमानलाई भन्सालीको निर्देशनमा लभ स्टोरीमा हेर्न चाहेका थिए ।
यसैले गर्दा पनि यी दुइ संगै हुने वितिकै चर्चा बढ्नु स्वाभाविक नै थियो । तर यो धेरैसमय टिकेन । संजयको निर्देशनमा सलमानलाई हेर्ने दर्शकको रहर पुरा नहुने खबरले दुखि बनाउदै गर्दा इदमा नयाँ फिल्म ‘किक २’ आउने चर्चा भयो । सलमानको फ्यान खुसि भए तर यो पनि नहुने भयो । स्क्रिप्ट लक नभएका कारण फिल्मको छायाँकन नहुने खबर बाहिर आयो ।
त्यसपछि फ्यान निराश भए । किनकी इदमा सलमानलाई हेर्दै आएका दर्शकले हेर्न नपाउने हुन् कि भन्ने पनि भयो । तर यतिबेला बि-टाउनबाट नयाँ खबर बाहिरिएको छ । सलमानले निर्देशक आनन्द एल रायसँग नयाँ प्रोजेक्टमा काम थालेका छन् । कमेडी -रोमान्टिक फिल्ममा सलमानको डबल रोल रहनेछ । यो खबरले यतिबेला फेरी सलमानका फ्यान उत्साहित भएका छन् । तर , यो खबर कति समय टिक्ने हो त्यो भने हेर्न बाँकि छ । (एजेन्सी)











