छायाँकनमा ‘ए मेरो हजुर ३’

जयहोस् । पछिल्लो समय फिल्म क्याप्टेनको छायाँकन सकाएसँगै अनमोल केसीको अभिनय रहने अर्को फिल्म ‘ए मेरो हजुर ३’ को फस्टलुक पोष्टर सार्वजनिक भएको छ । ए मेरो हजुरमा झरना र स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको जोडी थिए भने यसको सिक्वेलमा सलिनमान बनिया र साम्राज्ञी आरएल शाहको जोडी रहेका थिए । यसको तेस्रो सिरिजमा आइपुग्दा झरनाले अनमोलको जोडी आफ्नै छोरी सुहनालाई बनाएकी छिन । सार्वजनिक पोष्टरमा उनको जोडी अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापासँग बाँधिएको छ । छायाँकन आरम्भ भएसँगै निर्माण टीमले फस्टलुक सार्वजनिक गरेको छ । फस्टलुकसँगै फिल्म चैत्र २९ मा आउने तय पनि गरिएको छ । पोष्टरमा अनमोल तर सुहाना रोमान्टिक मुडमा देखिएका छन् । फिल्ममा सलोन बस्नते, अर्पण थापा, रविन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत रहनेछ । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व र सञ्जय लामाको छायाँकन रहनेछ ।
कमेन्ट गर्नुहोस्