साम्राज्ञीको ‘हेलोविन फेस’

फिल्म । अक्टोबर महिनाको अन्तिम दिन पश्चिमा मुलुकमा इसाई धर्मावलम्बीले हेलोविन पर्व मनाउने गर्छन । जसमा फेसन र विचित्र मुहारको विशेष महत्त्व रहने गर्छ । यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजिल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मानिन्छ भने पछिल्लो समय यसलाई धेरथोर सबै देशमा मनाइने गरिन्छ । आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा)ले यो चाड उत्तर अमेरिकामा ल्याएको जानकारहरु बताउछन् । तर पछिल्लो समय यसलाई नेपालमा पनि सहरहरुमा मनाइने गरिन्छ । विशेष गरि यसलाई काठमाण्डौ , पोखरा , धरान लगायतका सहरमा मनाउने गरिन्छ । हेलोविनले सर्वसाधारणलाई मात्र होइन , सेलिब्रेटीलाई पनि उत्तिकै छुने गर्छ । पछिल्लो समय सोसल मिडिया मार्फत सेलिब्रेटी डिरेक्ट फ्यानसम्म पुग्ने गर्छन । यसलाई उनीहरुलाई राम्रो र नराम्रो दुवै गरिनै रहेको छ , यसको विषयमा पछी चर्चा गरौला । तर नेपालका सेलिब्रेटीले पनि हेलोविनको दिन सामाजिक सञ्जाल मार्फत यो फेस्टिभल आफुले पनि सेलिब्रेट गरेको जनाई सकेका छन् । पछिल्लो समयकी चर्चीत एक्ट्रेस साम्राज्ञी राज्यलक्ष्मी शाहले यसपटक फस्ट टाइम हेलिविन फेस्टिभल सेलिब्रेट गरेको लेखेकी छिन । उनले आफ्नो फेसबुक मार्फत हेलोविन फेस सार्वजनिक गर्दै सेलिब्रेट गरेको जनाएकी छिन ।
कमेन्ट गर्नुहोस्