नेपाल आइन् उगेन

फिल्म । भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आएकी छिन् । उनको अभिनय रहेको नेपाली फिल्म ‘२ नम्बरी’ को प्रचारप्रसारका लागि उनी नेपाल आएकी हुन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको सार्वजनिक गीत र टिजरले दर्शकको साथ् पाइरहेको छ । फिल्मको छायांकन सकेर भुटान फर्किएकी उगेन बिहिबार बिहान नेपाल आइपुगेकी हुन् । उनी फिल्ममा अभिनेता दयाहाङ राईको जोडी बनेकी छिन् ।

‘फिल्मको ट्रेलर केही दिनमा सार्वजनिक गर्छौं । त्यसपछि शिर्ष गीत पनि गर्नेछौँ’ निर्देशक लामाले भने । उनले फिल्म मित्रताको कथामा आधारित रहेको बताए । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा सौगात मल्ल , उपासना सिंह ठकुरी , बुद्धि तामांग लगायतका कलाकारहरुको अभिनय पनि रहेको छ ।

कमेन्ट गर्नुहोस्