छायाँकनमा निस्किए पल

संगीत । नेपाल सरकारले लकडाउनलाई केहि खुकुलो बनाएसँगै म्युजिक भिडियोको काम हुन् थालेका छन् । म्युजिक मात्र होइन सिरियलहरुले पनि सावधानी अपनाउदै काम अगाडी बढाएका छन् । तर , यो पर्याप्त भने छैन । सम्पूर्ण व्यवस्था मिलाउन सहज नभएकाले कामले गति लिन सकेको छैन । य्याद्द्पी छोटो समुहमा भिडियोको काम अगाडी बढ्ने संकेत देखिएको छ ।

म्युजिक भिडियोमा पोपुलर नाम पल शाह काममा फर्किएका छन् । उनले सरोज वली र मेलिना राइको स्वरमारहेको ‘ए है माया’ बोलको गीतको छायाँकन गरेका छन् । भिडियोमा पलसँगै सागर लम्साल, रियाशा दाहाल, सुदिर श्रेष्ठलगायतको अभिनय छ । विक्रम स्वारको निर्देशन रहेको भिडियोमा सानो टिम देखिएका छन् ।

कमेन्ट गर्नुहोस्