युट्युबमा आयो फिल्म ‘ऊनको स्वीटर’

फिल्म । नेपाली फिल्म ‘ऊनको स्वीटर’ अन्ततः डिजिटल प्लेटफर्म युट्युबमा निःशुल्क हेर्न मिल्ने गरी सार्वजनिक गरिएको छ । निर्माण कम्पनी आर्टमाण्डुले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत फिल्मलाई विश्वभरका दर्शकका लागि उपलब्ध गराएको हो ।

नेपाल र भारतका हलहरूमा लामो समयसम्म सफल प्रदर्शन भएपछि सबै दर्शकको पहुँचमा पुर्‍याउने उद्देश्यले डिजिटल रूपमा रिलिज गर्ने निर्णय गरिएको निर्देशक नवीन चौहानले बताए । फिल्मले नेपालमा करिब १२ करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको थियो ।

विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु र सुनिल पोखरेल को मुख्य अभिनय रहेको ‘ऊनको स्वीटर’ लाई आर्टमाण्डुले केवल एउटा फिल्म मात्र नभई माटो, सम्झना र सम्बन्धको न्यानो कथा का रूपमा चित्रण गरेको छ ।

कमेन्ट गर्नुहोस्