वरुणले गरे विवाह

0 Shares

फिल्म । डेब्यु फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मार्फत नै दर्शक माँझ नोटिस भएका वरुण धवनले विवाह गरेका छन् । उनले जनवरी २४ मा कलेज लाइफ देखिकै प्रेमिका नताशा दलालसँग विवाह गरेका हुन् । विवाह बारे वरुणले नै सामाजिक सञ्जाल मार्फत जानकारी दिएका थिए । वरुणले विवाहमा सिमित बलिउडकर्मीलाई मात्र निम्त्याएका थिए । पारिवारिक जमघट र सिमित बलिउडकर्मीको उपस्थिति विवाह गरेका वरुणले आफ्नो तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

मिडियालाइ प्रवेश रोकिएको विवाहमा वरुण आफैले तस्विर सार्वजनिक गरे । कलेज लाइफ देखि नै एक अर्काको माँझ परिचित बनेका वरुण र नताशाले अन्तत विहे गर्ने निर्णय गरेका हुन् । यी दुइले प्रेमलाई परिवारले पनि स्वीकार गरे । विवाहमा सिमित बलिउडकर्मी भएता पनि रिसेप्सन पार्टीमा भने बलिउडका प्राय अनुहार उपस्थित हुनेछन् । वरुण बलिउडका निर्देशक डेविड धवनका छोरा हुन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्