‘करेन्ट लाग्छ’को भिडियो सार्वजनिक

40 Shares

संगीत । गायक रुपक डोटेल र गायिका मनिषा पोखरेलको आवाजमा रहेको गीत ‘करेन्ट लाग्छ’को भिडियो सार्वजनिक भएको छ । आईटम गीत स्टाईलको यस गीतमा निश्चल कल्पनाको शब्द तथा के.बि. भण्डारीको संगीत रहेको छ ।

गीतले बैंशालु युवतीको कम्मर छुँदा करेन्ट लाग्ने भाव प्रस्तुत गरेको छ । प्राय: चलचित्रमा राखिने आईटम गीत जस्तै लाग्ने यस गीतको भिडियोलाई उत्कृष्ट बनाउने कोशिस गरेको निर्देशक आदित्य बुढाथोकीले बताए । यस गीतको भिडियोमा राज बस्नेत, बिनु शाक्य, करण शाह लगायतको अभिनय रहेको छ । भिडियोलाई मुकेश हुमागाईँले छायांकन गरेका छन् भने प्रकाश एसके ले संपादन गरेका छन् ।

तपाईको प्रतिक्रिया