अनमोललाई कोरोनाको आशंका

11 Shares

फिल्म । युवापुस्ता माँझ निकै फ्यान फ्लोअर्स भएका अभिनेता अनमोल केसीले कोरोना भाइरस (कोभिड १९) को पिसिआर परिक्षण गराएका छन् । केहि दिन अगाडी एक स्कुटरको विज्ञापन छायांकन गरेका अनमोलले ट्रेसिङ्गमा परेपछि कोभिड १९ को टेस्ट गराएका हुन् । उनको छायांकनमा संलग्न टिम मेम्बरमा एक जनालाई कोभिड १९ पोजेटिभ देखिएको थियो । अनमोललाई भने कोभिड १९ को कुनै पनि लक्षण नदेखिएको र रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

अनमोल नजिकको स्रोतको अनुसार उनले दुई दिन अगाडी मात्र परिक्षण गराएका हुन् । ‘केहि दिन रेस्ट गरेर लक्षण नदेखिए पनि कोभिडको परिक्षण गराएका हुन् । उनको रिपोर्ट पनि नेगेटिभ आइसकेको छ’ स्रोतले बतायो । प्राय घरमै रहने अनमोल लकडाउन खुकुलो भएसगै श्री कृष्ण मन्दिर पुगेका थिए । यसैगरी उनले यसै बीच केहि एड पनि गरेका छन् । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि साउनको अन्तिम साताबाट बाँकी छायांकनको लागि फ्लोरमा जाने तयारीमा रहेको ‘ए मेरो हजुर ४’ पुनः रि-सेड्युल हुने सम्भावना बढेको छ ।

कमेन्ट गर्नुहोस्