नेपालको प्रतिनिधित्व गर्दै पोल्यान्डमा पुगिन् सजिना

सौन्दर्य । ‘मिस सुप्रानेसनल नेपाल २०२४’ की विजेता सजिना खनाल नेपालको प्रतिनिधित्व गर्दै पोल्यान्ड पुगेकी छिन् । पोल्यान्डमा १८ जुनबाट आयोजना हुने ‘मिस सुप्रानेसनल’ मा सहभागी हुन उनी आइतबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

आइतबार बिहान सजिनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरेको मिस्टर एण्ड मिस नेसनलका राष्ट्रिय निर्देशक डाक्टर सन्तोष उपाध्यायले जानकारी दिए । उनले सजिनाले मिस सुप्रानेसनलमा नेपालका लागि उल्लेख्य नतिजा ल्याउन विश्वास सम्भावना बलियो रहेको विश्वाससमेत व्यक्त गरे ।

सजिनाले आफ्नो देश नेपाललाई मिस सुप्रानेसनलमा प्रतिनिधित्व गर्ने अविश्वसनीय यात्रा सुरु भएको फेसबुकमा उल्लेख गरेकी छिन् । ‘मिस सुप्रानेसनल’ को फिनाले आगामी ६ जुलाईमा हुँदैछ। ‘मिस सुप्रानेसनल’ को १५ औँ संस्करणमा ७३ देशका प्रतिस्पर्धी सहभागी हुँदैछन् ।

सर्लाहीकी सजिनाले गत चैत २२ गते मिस सुप्रानेसनल नेपाल २०२४ को ताज पहिरिएकी थिइन् । यसअघि सजिनाले श्रीलंकामा भएको ‘मिस वर्ल्ड टुरिजम २०२३’ को सह विधा मिस एलिगेन्सको उपाधि जितेकी छिन् ।

आगामी ४ जुलाईमा पोल्यान्डमै मिस्टर सुप्रानेशनलको अन्तिम पनि आयोजना हुँदैछ । जसमा सहभागी हुनको लागि मिस्टर सुप्रानेसनल नेपाल धिरजकाजी बस्नेत पनि यसै साता पोल्यान्ड जाँदैछन् ।

कमेन्ट गर्नुहोस्