अनमोलले दर्शकलाई सोधे ‘प्रेम कि घनश्याम ?’

फिल्म । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ दोस्रो सातामा प्रवेश गरेको छ । दोस्रो सातामा पनि राम्रो ब्यापार गरिरहेको फिल्मका कलाकार अनमोल केसी र डेब्यु गर्ल सुहाना थापासंगै निर्देशक झरना थापा र पटकथाकार मध्यका एक बाबुराम दाहाल राजधानी स्थित गोपीकृष्ण हलमा पुग्दै दर्शकलाई धन्यवाद दिएका छन् । दोस्रो सातामा पनि अनमोल सहित फिल्म ‘ए मेरो हजुर ३’ टिमलाई हलमा पाउँदा दर्शक हर्षित देखिन्थे । अनमोलले हलमा पुगेर दर्शकलाई कुन क्यारेक्टर मन परेको भन्दै प्रश्न गरेका थिए ।

अनमोलको प्रश्नमा दर्शकले ‘घनश्याम महर्जन’ को क्यारेक्टर मन परेको प्रतिक्रिया दिए । अनमोलले फिल्ममा रकस्टार प्रेम र घनश्यामको क्यारेक्टर प्ले गरेका छन् । उनले हल पुगेर आफ्नो चित्र अङ्कित टि-शर्ट पनि वितरण गरे । अनमोलको साइन सहितको उक्त टि-शर्ट पाउँदा फ्यान निकै उत्साहित थिए । साथै , अनमोलले फिल्मलाई गरेको माया प्रति दर्शकलाई आभार प्रकट पनि गरे । यसैगरी एक फ्यानले अनमोललाई देखेपछि रुदै धेरैबेर सम्म रोकिन । गाडीमा रहेका अनमोलको हात समातेकी फ्यानबाट अनमोललाई छुटाउन पटकथाकार बाबुरामलाई निकै गाह्रो पर्यो ।

फिल्म हेर्न दोस्रो सातामा आइपुगेकी ति फ्यानले आखै अगाडी अनमोल पाउँदा आफ्नो आशु रोक्न सकिनन् । झरना थापाको निर्देशनमा तयार भएको फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । फिल्ममा सलोन बस्नेत , रेअर राई , अपर्ण थापा, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको अभिनय रहेको छ । यसमामा झरना र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।

तस्वीरहरु : आर्यन बिमली
कमेन्ट गर्नुहोस्