पाच करोड क्लबमा ‘जात्रै जात्रा’

फिल्म । निर्देशक प्रदीप भट्टराईलाई निर्देशनमा डेब्यु गराउने मात्र नभई स्थापित नै गराउने श्रेय जान्छ , जात्रालाइ । यसकै सिक्वेल जात्रै जात्रा गत शुक्रबारबाट प्रदर्शनरत छ । ‘वर्ड अफ माउथ’ बलियो भएपछी दोस्रो सातामा प्रवेश गर्दा पनि फिल्म हेर्ने दर्शकको चाप घटेको छैन , झन्डै बढ्दो छ । एक्लै फिल्म हेरेका दर्शकले फ्यामिली लिएर हल पुगिरहेका छन् , यसैले गर्दा पनि फिल्मको ब्यापार बढ्दो छ । समिक्षक र दर्शक दुबैले रुचाएको फिल्मले ९ दिनमा ५ करोड ग्रस कलेक्सन गरेको स्टेसन फाइभले जनाएको छ ।

फिल्म ‘जात्रै जात्रा’ को उपत्यका वितरक रहेको स्टेसन फाइभले आधिकारिक फेसबुक पेज मार्फतको अनुमानित ग्रस कलेक्सन सार्वजानिक गरेको हो । बुझीएअनुसार फिल्मले उपत्यकामा ३ करोड भन्दा बढी ग्रस कलेक्सन गरेको छ भने मोफसलमा २ करोडको हाराहारीमा रहेको छ । विशेष गरि फिल्मले मल्टिप्लेक्समा दर्शकलाई तान्न सफल भएको देखिन्छ । सामान्य व्यक्तिले अचानक सुन पाएपछि आउने परिस्थिति र त्यसलाई आफ्नो बनाउन गर्ने संघर्षलाई फिल्ममा प्रस्तुत गरिएको छ । विपिन कार्की, रबिन्द्र झा र रबिन्द्र सिंह बाँनिया सुन लुकाउन संघर्ष गरिरहेका छन् भने अभिनेता दयाहाङ राई हराएको सुन खोज्दै देखिएका छन् ।

फिल्ममा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । उनले अघिल्लो जात्राको कथालाई सुन काण्डसँग जोडेर वस्तुसंगत प्रस्तुत गरेका छन् । फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन् । फिल्ममा बर्षा राउत , राजाराम पौडेल , प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा शंकर महर्जन द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ । फिल्मलाई उपत्यकामा स्टेसन फाइभ र मोफसलमा एफडी कम्पनिले वितरण गरेको छ ।

कमेन्ट गर्नुहोस्