फिल्म । बलिउडका अभिनेता आमिर खानमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना पोजेटिभ देखिएपछि उनले आफूलाई होम क्वारेन्टाइनमा राखेका छन् ।
भारतीय मिडिया अनुसार उनले आफ्ना स्टाफलाई टेस्ट गर्न र अत्यावश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न निर्देशन दिएका छन् । उनि पछिल्लो समय फिल्म ‘लाल सिंह चड्डा’को काममा व्यस्त थिए । उनी पूर्ण रुपले स्वस्थ्य भएपछि मात्रै बाँकी सुटिङ र अन्य काम पुरा गर्नेछन् । फिल्ममा उनीसँगै करीना कपूर खानको पनि मुख्य भुमिका रहेको छ ।
कमेन्ट गर्नुहोस्











