अक्षयले मानेनन् ?

123 Shares

फिल्म । खिलाडी एक्टर हुँदै कमेडीपछी पछिल्लो समय सोसल ड्रामा जनरको फिल्ममा आफ्नो बलियो उपस्थिति देखाईरहेका अक्षय कुमार यतिबेला सूर्यवंशीको छायाँकनमा व्यस्त छन् । यिनै अक्षय नयाँ फिल्म ‘मिशन मंगल’ लिएर आउँदो अगस्ट १५ मा आउंदैछन् । फिल्ममा मंगलमा पुग्ने मिशन राखेको टिमको कथा देखाइनेछ । यो मिशन ५ वर्ष अगाडी नोभेम्बत ५ कै दिन सन् २०१३ मा लन्च गरिएको थियो ।

फिल्ममा अक्षयसँगै विधा बालन , सोनाक्षी सिन्हा , ताप्सी पन्नु , शर्मन जोशी , निथिया मेनन रहनेछन । एयरलिफ्ट , ट्वाइलेट : एक प्रेम कथा , प्याडम्यान , गोल्ड जस्ता फिल्ममा अभिनय गरिसकेका अक्षयको पछिल्लो फिल्म केशरी पनि सामाजिक विषयवस्तु मै आधरित थियो । यिनै अक्षयको यस फिल्म ‘मिशन मंगल’ लाई जगन शक्तिले निर्देशन गर्नेछन भने उनिसँग निर्माणमा निर्देशक आर बाल्कीले सहकार्य गर्दैछन् । ‘साहो’ सँग बक्स अफिसमा नभिड्ने धेरैले अनुमान गरेता पनि अक्षयले फिल्मको डेट परिवर्तन नगर्ने बताएका छन् ।

Facebook Comments