गीत रेकर्डिङमा ‘हामी तीन भाई’

फिल्म । केहि समय अगाई निर्माण घोषणा गरिएको फिल्म ‘हामी तीन भाई’ को संगीतको काम सुरु भएको छ । सफल फिल्म ‘हामी तीन भाई’ को नाम सापटी लिदै तयार हुन् लागेको फिल्मको गीत रेकर्डिङको काम सुरु भएको हो । साप शक्तिको संगीत रहेको गीतमा गायिका अस्मिता अधिकारी र स्यवंम संगीतकार शक्तिले स्वर दिएका छन् । ए प्लस स्टुडियोमा रेकडिङ्ग गरिएको गीतलाई महाराज थापाले एरेञ्ज गरेका हुन् ।

‘हामी तीन भाई’ सांगीतिक निकै सफल रहेको थियो । यसैले गर्दा पनि यसको गीतसंगीतमा मेकर्सले विशेष ध्यान दिईरहेका छन् । मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको फिल्ममा सलोन बस्नेत, जाहन्वी बस्नेत, शिशिर राणा, विकाश चापागाई, दिक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले, नरेन केसी र टेकेन्द्र न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ । प्रसिद्धि सिने आर्टसको व्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता साजित महत हुन् ।

विक्रम तामाङ कार्यकारी निर्माता रहेको फिल्ममा हिमाल केसीको द्धन्द्व निर्देशन, कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन, सुलभ मणि सापकोटा गीत रचना , मनिष गौतम र रिवाज दाहालको लेखन रहेको छ ।

कमेन्ट गर्नुहोस्